सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा धारिलो हतियार देखाउँदै लुटपाट, दुई जना पक्राउ

२०७७ माघ २३, ०२:२७ खबर संवाददाता

धनगढी : बझाङमा धारिलो हतियार देखाउँदै लुटपाट गर्ने दुई जना पक्राउ परेका छन् । 

जिल्लाको जयपृथ्वी नगरपालिकाको वडा नम्बर ८ सेलाखेतबाट फर्किरहेका बैतडीको सुर्नयाका किशोर बिष्टमाथि धारिलो हतियार देखाएर लुटपाट गर्ने सुरज श्रेष्ठ र गजेन्द्र पुरीलाई पक्राउ गरेको प्रहरीले बताएको छ । 

विष्टबाट उनीहरुले मारिदिने धम्कीसहित मोबाईल र नगद ३,५०० रुपैयाँ लुटपाट गरेको प्रहरीले जनाएको छ । उनीहरुलाई बिहीबार चैनपुर बजारबाट पक्राउ गरिएको र चोरि सम्बन्धी कसुर अन्तर्गत मुद्दा दर्ता गरि अनुसन्धान गरिरहेको प्रहीले जनाएको छ ।
 

कमेन्ट लोड गर्नुस