कैलालीमा बस र ट्रयाक्टर ठोक्किए, ४ जना घाइते
धनगढीः कैलालीमा बस र ट्रयाक्टर एकआपसमा ठोक्किएका छन्।
पूर्वपश्चिम राजमार्ग अन्तरगत घोडाघोडी नगरपालिका–१ मा से १ त ४८३८ नम्बरको ट्रयाक्टर र ना४ ख ९९७३ नम्बरको बस एक आपसमा ठोक्किदा ४ जना घाइते भएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय सुख्खडका प्रमुख प्रहरी नायब उपरीक्षक सागर बोहराले घाइतेहरुको अवस्था सामान्य रहेको बताए।
घाइतेहरुको अवस्था खतरामुक्त रहेको प्रहरी नायब उपरीक्षक बोहराले बताए।
ट्रयाक्टर चालक फरार भएका छन् भने बस चालक घटना स्थलमै रहेको उनले जानकारी दिए।