खड्गप्रसाद गौचन मेमोरियल अन्डर–१६ को फाइनलमा धनगढी र होराइजन भिड्ने
धनगढी: भैरहवामा जारी तेस्रो खड्गप्रसाद गौचन मेमोरियल अन्डर–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा शुक्रबार न्यू होराइजन क्रिकेट एकेडेमी र धनगढी क्रिकेट एकेडेमी भिड्ने भएका छन्।
स्टार क्रिकेट एकेडेमीको आयोजनामा भइरहेको प्रतियोगितामा काशी नोबल एकेडेमीलाई २३ रनले पराजित गर्दै होराइजन क्रिकेट एकेडेमी बिहीबार फाइनल प्रवेश गरेको हो।
प्रतियोगितामा विजेता टिमले २० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछ। यस्तै, उपविजेताले १० हजार र ट्रफी प्राप्त गर्ने छ भने बेस्ट ब्याट्सम्यान, बलर, उत्कृष्ट खेलाडीलाई पनि पुरस्कृत गरिने छ।