डडेल्धुरामा प्रचण्ड–नेपाल समूहद्वारा प्रहरीमाथि आक्रमण
धनगढी: डडेल्धुरामा नेपाल कम्युनिस्ट पार्टी(नेकपा) को प्रचण्ड–नेपाल समूहले प्रहरीमाथि आक्रमण गरेको छ।
बजार बन्द गराउँदै हिडेका कार्यकर्ताले प्रहरीमाथि जिल्लाको भात्काँडा बजारमा आक्रमण गरेका हुन।
उनीहरुले गरेको ढुंगा प्रहारबाट भात्काँडा प्रहरी चौकीका ईन्चार्ज अम्मरबहादुर खठायत घाइते भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले बताए। ढुंगा प्रहारबाट खठायतको खुट्टामा चोट लागेको उनले बताए।
आक्रमण गर्नेहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।
उता प्रचण्ड–नेपाल समूह निकट अनेरास्ववियू डडेल्धुराका संयोजक सन्तोष भाटले बजार बन्द गराउँदै गरेका कार्यकर्तालाई अवरोध गरेपछि हातपात गरिएको बताएका छन्।
संवैधानिक निकायमा भएको नियुक्तीको विरोधमा बिहीवार प्रचण्ड–माधव समूहले देशव्यापी हड्ताल आव्हान गरेको छ।