दार्चुलाको गोकुलेश्वर विमानस्थल सञ्चालन हुने
दार्चुला: दार्चुलाको गोकुलेश्वर विमानस्थल सञ्चालन हुने भएको छ।
बुधबार गृह अर्थमन्त्रालयले राष्ट्रिय योजना आयोगलाई पत्र लेख्दै दार्चुलाको शैल्यशिखर नगरपालिका–९ मा रहेको गोकुलेश्वर विमानस्थल सञ्चालनको कार्य अघि बढाउन आदेश दिएको हो।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेश सिह ठगुन्नाको पहलमा अर्थ अर्थमन्त्रालयले गोकुलेश्वर विमानस्थल सञ्चालनको लागि ५० करोड ४९ लाख ४९ हजारको स्रोत सुनिश्चितता भई निर्माण कार्य अघि बढाउने निर्णय गरिएको मन्त्री ठगुन्नाको सचिवालयले जनाएको छ।
गत वर्ष डिपीआर तयार गरि स्वीकृत भइसकेको उक्त विमानस्थल सञ्चालनका लागि बजेटको सुनिश्चितता भएसँगै वहुवर्षे ठेक्कामार्फत यसै आर्थिक वर्षबाट काम सुरु हुने बताइएको छ। निर्वाचनको समयमा दार्चुलावासीमा गरिएका बाचा अनुसार विमानस्थल सञ्चालनका लागि पहल गरेको मन्त्री ठगुन्नाका स्वकीय सचिव दौलत सिह ठगुन्नाले बताए।
उनका अनुसार दार्चुला तिंकर सडक नेपाली सेना मार्फत निर्माण गराउने यस अघि नै सुरु भएको छ अब गोकुलेश्वर विमानस्थल सञ्चालन हुने बताइएको छ।
गोकुलेश्वरमा रहेको विमानस्थल सञ्चालनमा आए दार्चुलाका साथै बैतडी र बझाङका नागरिकहरुले समेत सेवा पाउने छन्।