सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा टायर बालेर प्रर्दशन, बजार बन्द गराउदै नेकपाका कार्यकर्ता

२०७७ माघ २२, ०८:४५ खबर संवाददाता

धनगढीः देश व्यापी आम हड्ताल घोषणा गरेको  नेकपा प्रचण्ड–नेपाल समूहले धनगढीमा टायर बालेर प्रर्दशन गरेको छ। 

धनगढीको क्याम्पस चौकमा जम्मा भएका नेकपाका नेता कार्यकर्ताले टायर बालेर प्रर्दशन समेत गरेका हुन्। 

बिहानैदेखि रोडमा निस्किएका नेता कार्यकर्ताले छिटफुट रुपमा खुलेका पसल समेत बन्द गराउन थालेका छन् भने कुनै पनि सवारी साधन नचलाउन आग्रह गरिरहेका छन्। 

संवैधानिक निकायमा भएको पदाधिकारी नियुक्तिको विरोधमा प्रचण्ड–नेपाल समूहले सुदूरपश्चिम प्रदेशमा पनि आमहड्ताल घोषणा गरेको छ। 

प्रतिनिधिसभा विघटन गरि संसदीय सुनुवाइ बिना नै पदाधिकारी नियुक्त गरेर मुलुकमा विधिको शासनलाई चुनौती दिइएकाले आमहड्ताल गर्नुपरेको नेकपाले जनाएको छ। 

हड्तालका कारण बिहानैदेखि बजार व्यवसाय, शैक्षिक संस्था, सार्वजनिक यातायता सेवा लगायतका सेवा प्रभावित भएका छन्।

 

  

कमेन्ट लोड गर्नुस