सुदूर नेपाललाई विश्वसँग जोड्दै

महेन्द्रनगर युनाइटेड निलो र पिएफए अत्तरिया उपाधिका लागि भिड्ने

२०७७ माघ २१, ०७:५५ खबर संवाददाता

कञ्चनपुर : महेन्द्रनगरको खुला मञ्चमा आयोजित प्रथम युनाइटेड खुल्ला आमन्त्रण फुटबल प्रतियोगिता २०७७ अन्तर्गत आज उपाधिका लागि महेन्द्रनगर युनाइटेड निलो र पिएफए अत्तरिया भिड्ने भएका छन् ।

महेन्द्रनगर युनाइटेड निलो र सगरमाथा युवा क्लब अत्तरियाबीच भएको पहिलो सेमिफाइनल खेलमा महेन्द्रनगर युनाइटेडले सगरमाथालाई २-१ गोलको अन्तरले हराउँदै फाइनलमा प्रवेश गरेको हो । एमसिडिसी बेदकोट नगरपालिका वडा नम्बर ५ र पिएफए अत्तरियाका बिचको दोस्रो सेमिफाइनलको खेलमा अत्तरियाले एमसिडिसी धरमपुरलाई ४-१ गोलले हराउदै प्रतियोगिताको फाइनलमा पुगेबो हो । 

बुधबार (आज) प्रथम युनाइटेड खुल्ला आमन्त्रण कप २०७७ को उपाधिका लागि दिउँसो १ बजे महेन्द्रनगर युनाइटेड निलो र पिएफए अत्तरिया फाइनल भिड्ने प्रतियोगिताका संयोजक महेन्द्र चन्दले बताए । उनका अनुसार  सेमिफाइनल र फाइनल खेलका म्यान अफ द म्याचलाई पुरस्कार स्वरुप सुदूरपश्चिम प्रदेश फुटबल संघका अध्यक्ष दिनेश कुमार श्रेष्ठले नगद पाँच पाँच हजार दिने घोषणा गरेका छन् । 

खेलकुद क्षेत्रलाई उजागरका साथै फुटबल विकास गर्ने उद्देश्यका साथ कञ्चनपुर जिल्ला फुटबल संघ र सुदूरपश्चिम प्रदेश फुटबल संघको समन्वयमा महेन्द्रनगर युनाइटेड क्लबको आयोजनामा यहि माघ १२ गते देखि महेन्द्रनगरको खुल्लामञ्चमा प्रतियोगिताको आयोजना गरिएको हो ।

प्रतियोगितामा सुदूरपश्चिम प्रदेशका क्लबको प्रतिनिधित्व हुने गरि क्षेत्रकै सर्वाधिक धनराशी भएको पुरुष खुल्ला युनाइटेड फुटबल आमन्त्रण कप २०७७ को उद्घाटन जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक उमा प्रसाद चर्तुवेदीले गरेका थिए । प्रतियोगितामा कैलाली कञ्चनपुर जिल्लाका १६ टिमको सहभागिता रहेको छ ।

चार समुहमा चार/चार टिम रहि नकाउट आधारमा खेल खेलाइएको र प्रतियोगिता आज माघ २१ गते फाइनलसंगै समापन हुने छ । प्रतियोगिता च्याम्पियन हुने टीमले नगद १ लाख पुरस्कार र उपविजेता टीमले ५० हजार पुरस्कार हात पार्ने छन् । 
 

कमेन्ट लोड गर्नुस