दार्चुलामा कैदीबन्दीलाई कोरोनाविरुद्धको खोप लगाइयो
२०७७ माघ २०, ०१:३८
धनगढी : दार्चुलामा कैदीबन्दीलाई कोरोनाविरुद्धको खोप लगाइएको छ ।
दार्चुलाको कारागारमा रहेका ४० जना कैदीबन्दीलाई कोरोना भाइरसविरुद्धको खोप लगाइएको हो ।
कारागारभित्र पनि कोरोनाको जोखिम रहेकोले खोप लगाइएको बताइएको छ ।
यसअघि कारागारमा रहेका ३२ जनामा कोरोना संक्रमण देखिएको थियो ।
सरकारले कैदीबन्दीलाई पहिलो चरणमा नै खोप लगाउन प्राथमिकतामा राखेको छ ।
कमेन्ट लोड गर्नुस