सुदूर नेपाललाई विश्वसँग जोड्दै

यू–१६ राष्ट्रिय क्रिकेटमा धनगढी विजयी

२०७७ माघ २०, ०१:३१ खबर संवाददाता

धनगढी: भैरहवामा जारी तेस्रो खड्गप्रसाद गौचन मेमोरियल यू–१६ राष्ट्रिय क्रिकेटमा सोमबार धनगढी क्रिकेट एकेडेमीले स्टार क्रिकेट एकेडेमीलाई ७ विकेट पराजित गरेको छ।

सिद्धार्थ रंगशालामा टस जितेको स्टारले निर्धारित १५ ओभरमा ७ विकेट गुमाई ९६ रन बनायो। सागर कुँवर ४३ र नितिन छन्त्यालले २० रन बनाए। धनगढीका रजत राना र नीरज ऐरले २–२ विकेट लिए। 

जवाफमा धनगढीले १४.३ ओभरमा ३ विकेट गुमाएर ९९ रन जोड्दै जित हासिल गर्‍यो। टोलीका सन्दीप विष्टले ६४ र पुष्पराज उपाध्यायले १७ रन बनाए।

स्टारका अलदीप कुँवर र राजनकुमार भुजेलले १–१ विकेट लिए। सन्दीप विष्ट म्यान अफ द म्याच भए।

कमेन्ट लोड गर्नुस