सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रिय महिला फुटबल : सावित्राको १२ गोलको मद्दतमा एपीएफ विजयी

फाइल फोटो
फाइल फोटो
२०७७ माघ १९, ०९:२८ रासस

काठमाडौँ : राष्ट्रिय महिला लिग फुटबलअन्तर्गत आज भएको खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबकी सावित्रा भण्डारी एक्लैले १२ गोल गरेकी छिन्। भण्डारीको एक दर्जन गोलको मद्दतमा एपीएफ क्लबले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई २२–० गोल अन्तरले पराजित ग¥यो।

ललितपुरको सातदोवाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा एपीएफले लगातार छैटौँ जीत हात पारेको हो। एपीएफका लागि भण्डारीले मध्यान्तरअघिको खेलमा हाफमा पाँच तथा मध्यान्तरपछि सात गोल गर्नुभएको हो।

भण्डारीले खेलको पाँचौँ, ३२औँ, ३३औँ, ३४औँ, ३८औँ, ४७औँ, ५५औँ, ६२औँ, ६३औँ, ७२औँ, ७९औँ मिनेट तथा दोस्रो हाफको इन्जुरी समयमा गोल गरिन। उनले यसअघिका तीन खेलमा ह्याट्रिक गोल गरिन।

यस्तै एपीएफका लागि अनु लामाले पाँच, अनिता बस्नेतले तीन तथा सरु लिम्बु र रेनुका नगरकोटीले एक÷एक गोल गरिन। लिगको शीर्ष स्थानमा रहेको एपिएफको छ खेलमा १८ अङ्क छ ।

चौदण्डीगढी अङ्कविहीन रहँदै लिगको पुछारमा रहेको छ। 

कमेन्ट लोड गर्नुस