सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरा जेसिजको अध्यक्षमा बोहरा

२०७७ माघ १९, ०६:५० खबर संवाददाता

डडेल्धुरा: जेसिज डडेल्धुरा २०२१ को अध्यक्षमा गोविन्द राज बोहरा चयन भएका छन्। सोमबार डडेल्धुरा जेसिजको आठौं जिल्ला अधिवेशनबाट नयाँ कार्यसमिति चयन गरिएको हो।

जसको कानुनी सल्लाहकार हिक्मत सिंह, कार्यकारी उपाध्यक्षमा मोहन देउवा र भोजराज अवस्थीलाई चयन गरिएको छ। त्यस्तै महासचिवमा लक्ष्मी ऐर र कोषाध्यक्षमा जगत ऐर चयन भएका छन्। 

यस्तै उपाध्यक्षमा राधा फुलारा, प्रकाश जोशी, नरेश बिस्ट र दिनेश पाण्डेलाई चयन गरिएको छ। यसैगरी अध्यक्षिय सल्लाहकारमा धनबहादुर भण्डारी र विमलप्रसाद बोहरा चयन भएका छन्।

त्यसैगरी मिडिया संयोजकमा हर्क चन्द, कोष वृद्धि संयोजकमा मिलन भाट, महिला संयोजकमा दिप भण्डारी, खेलकुद संयोजकमा टिकाराम साउँद, निर्माण संयोजकमा आकाश गुरुङ, सूचना प्रविधि संयोजकमा दिनेश पनेरु र पिआरडीमा सुनील तामाङ चयन भएका छन्। 

होटल राइनोमा सम्पन्न भएको कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक गणेशप्रसाद भट्ट प्रमुख अतिथि रहेका थिए।
 

कमेन्ट लोड गर्नुस