सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलाको लेकम गाउँपालिका ६ मा माघ १३ गतेदेखि तालाबन्दी

फाइल फोटो
फाइल फोटो
२०७७ माघ १९, ०१:५९ खबर संवाददाता

दार्चुला: दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ६ को कार्यालयमा माघ १३ गतेदेखि तालाबन्दी गरिएको छ।

प्रधानमन्त्री रोजगार कार्यक्रममा उक्त वडाबाट कम नागरिकलाई छनौट गरिएको भन्दै कार्यालयमा तालाबन्दी गरिएको हो। 

गाउँपालिकाको सबै वडा र टोलहरुबाट समान नागरिक प्रधानमन्त्री रोजगार कार्याक्रममा समावेश हुनुपर्ने लगायतका मागहरु राखेर माघ १३ गतेदेखि स्थानीयले वडा कार्यालयमा तालाबन्दी गरेका छन्। 

लेकम गाउँपालिकाको वडा नम्बर ६ बाट प्रधानमन्त्री रोजगार कार्याक्रममा समावेश हुनका लागि ३ सय ८३ जनाले आवेदन दिएकोमा १९ जना मात्रै छनोट भएका थिए। 

कार्यक्रममा समावेश हुनको लागि सबै विवरण भरेको भएपनि समावेश नगरिएकोले वडा कार्यालयमा तालाबन्दी गरेको स्थानीय हरी खत्रीले बताए। 

कमेन्ट लोड गर्नुस