सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा नेपाली कांग्रेसका भ्रातृ संगठनहरुद्वारा प्रदर्शन

२०७७ माघ १९, ०१:२८ खबर संवाददाता

धनगढी: प्रतिनिधि सभा विघटन असंवैधानिक भएको भन्दै नेपाली कांग्रेस कैलालीका भातृ संगठनहरुले धनगढीमा विरोध प्रदर्शन गरेका छन्। 

कांग्रेसका १३ वटै भातृ संस्थाहरूको संयुक्त आयोजनामा धनगढीको चौराहाबाट र्‍यालीसहितको प्रदर्शन गरिएको हो। 

संसद विघटन सर्वसत्तावाद उन्मुख कदम भएको, भ्रष्टाचार बढेको, कोभिड विरुद्धको संघर्षमा सरकारको अकर्मण्यता देखिएको र जनसरोकारका विषयमा सरकारी उदासिनता भएको भन्दै नेपाल विद्यार्थी, संघ, नेपाल महिला संघ, नेपाल तरुण दल लगायतका संगठनहरुले विरोध सभा गरेका हुन। 

कमेन्ट लोड गर्नुस