सुदूरपश्चिम प्रदेशको हिउँदे अधिवेशन माघ २६ गतेदेखि हुने
धनगढीः सुदूरपश्चिम प्रदेशको हिउँदे अधिवेशन माघ २६ गतेदेखि सुरु हुने भएको छ।
सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषद् बैठकले माघ २६ गतेदेखि सातौँ तथा हिउँदे अधिवेशन आहृवान गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको हो।
मन्त्रिपरिषद्को बैठकले निर्णय गरेपछि प्रदेश प्रमुखले अधिवेशन आहृवान गर्ने संवैधानिक व्यवस्था छ।
गत साउन ३१ गते प्रदेशसभाको बजेट अधिवेशन अन्त्य भएको थियो। त्यसपछि प्रदेशसभा सचिवालयमा अहिलेसम्म कुनै पनि नयाँ विधेयक दर्ता भएका हुन सकेको छैन्।
छैटौँ अधिवेशनसम्म प्रदेशसभामा दर्ता भएका ४४ विधेयकमध्ये ४२ विधेयक पारित भैसकेका छ। भने दुइ वटा विधेयक विचाराधिन रहेका छन्।