सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रेस सङ्गठनमा जिम्मेवारी हेरफेर, सुदूरपश्चिममा हेमन्त पौडेल इञ्चार्ज

२०७७ माघ १८, ०९:४९ खबर संवाददाता

प्रेस सङ्गठन नेपालले विभिन्न प्रदेशका लागि इञ्चार्ज, संयोजक र सहसंयोजक पदमा हेरफेर गरेको छ। 

सो सङ्गठनको यही माघ ८ गते काठमाडौँमा सम्पन्न राष्ट्रिय भेलाले दिएको कार्यादेशअनुरुप केन्द्रीय संयोजक गणेश बस्नेतले आज पुनर्गठन गरेका हुन्। 

सङ्गठनको नयाँ जिम्मेवारीअनुसार प्रदेश–१ को इञ्चार्जमा लीलाराज भट्टराई, संयोजकमा गणेश पोखरेल, सहसंयोजकमा हरिकुमार राई र नुतन श्रेष्ठ, प्रदेश–२ मा इञ्चार्ज लालबाबु शेख, सहइञ्चार्जमा ईश्वरी काफ्ले, संयोजकमा फणि महत, सहसंयोजक धर्वेन्द्र झा र किरण कर्ण भएका छन्। 

यस्तै बागमती प्रदेशमा इञ्चार्ज हिरामान लामा, सहइञ्चार्ज देवचन्द्र भट्ट, संयोजक  शरद सापकोटा, सहसंयोजक  शिशिर सिंखडा र प्रकाश दाहाल, गण्डकी प्रदेशमा इञ्चार्ज रामकृष्ण शर्मा, सहइञ्चार्ज श्याम कुँवर, संयोजक शुष्मा पौडेल, सहसंयोजक विद्रोही गिरी, सहसंयोजक रुद्र श्रीश मगर चयन भए।

लुम्बिनी प्रदेशमा इञ्चार्ज सविन प्रियाशन चौधरी, सहइञ्चार्ज रुद्र सुवेदी, संयोजक शोभाखर पन्थी, सहसंयोजक प्रदीप आचार्य र पार्वती पाण्डे कर्णाली प्रदेशमा इञ्चार्ज वीरबहादुर गिरी, सहइञ्चार्ज विष्णु शर्मा, संयोजक नरेश भण्डारी सहसंयोजक  त्रिभुवन बिसी र कालिबहादुर मल्ल चयन भए। 
सुदूरपश्चिम प्रदेशमा इञ्चार्ज हेमन्त पौडेल, संयोजक कृष्ण ओली, सहसंयोजक करण ताम्राकार,  काठमाडौँ उपत्यका इञ्चार्ज प्रकाश सिलवाल, संयोजक राजीव सिलवाल, सहसंयोजकमा लोकेन्द्र केसी र राजु सुवेदी भएका छन्।

प्रतिष्ठानमा इञ्चार्ज हरिबल्लभ नेपाल, संयोजक मोहन बाँस्तोला र सहसंयोजक सरोज ढुंगेल तथा एशोसियटमा इञ्चार्ज रामेश्वर कार्की, संयोजक  समीर बलामी र सहसंयोजक श्रीहरी थापा चयन भए। केन्द्रीय सहसंयोजक चयन हुनु बाँकी छ। सङ्गठनले अब जिल्ला समिति  पुनःगठन गर्ने र चाँडै केन्द्रीय सदस्य पनि विस्तार गर्ने जनाइएको छ।
 

कमेन्ट लोड गर्नुस