सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको लालपुरमा पनि 'सुदूरपश्चिम पञ्चेबाजा संरक्षण समिति' गठन

२०७७ माघ १८, ०७:२७ खबर संवाददाता

धनगढीः कैलालीको लालपुरमा पनि 'सुदूरपश्चिम पञ्चेबाजा संरक्षण समिति' गठन गरिएको छ।

कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ७ मा आईतबार शेरबहादुर आउजीको संयोजकत्वमा १५ सदस्सीय पञ्चेबाजाको संरक्षण गर्न समिति गठन गरिएको हो। 

यसअघि कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १ मा पनि पञ्चेबाजाको संरक्षण गर्न समिति गठन गरिएको थियो।

खडक नागरि, सुनिल सेवा र अरून नागरिको अगुवाईमा गठन गरिएको समितिको सल्लाहकारमा घन सिंह आउजी रहेका छन्।

नेपालकै सबैभन्दा पुरानो बाजा मध्यको एक पञ्चेबाजा अहिले लोप हुने अवस्थामा छ। पछिल्लो समय बैण्ड बाजाको व्यापक प्रयोग हुन थालेपछि पञ्चेबाजा लोप हुन लागेको हो। 

विवाह–ब्रतबन्ध तथा शुभ कार्यहरुमा प्रयोग गरिने पञ्चेबाजाको संस्कृति लोप हुदैँ गइरहेकाले यसको संरक्षण तथा प्रचार-प्रसार तथा पुस्तान्तरणको लागि संरक्षण समिति गठन गरिएको सुनिल सेवाले बताए।

कमेन्ट लोड गर्नुस