सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा १३ वर्षीया बालिकालाई बलात्कार गरी गर्भवती बनाएको आरोपमा एक जना पक्राउ

फाइल फोटो
फाइल फोटो
२०७७ माघ १८, ०१:४१ खबर संवाददाता

धनगढी: कैलालीमा १३ वर्षीया बालिकालाई बलात्कार गरी गर्भवती बनाएको आरोपमा एक जना पक्राउ परेका छन्।

जिल्लाको गोदावरी नगरपालिका–५ गेटीका ५० वर्षीय शालुराम चौधरीलाई प्रहरीले पक्राउ गरेको हो। 

किशोरीलाई बलात्कार गरी गर्भवती बनाएको भन्ने जाहेरीका आधारमा उनलाई माघ ९ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। 

पक्राउ परेका चौधरीमाथि जबरजस्ती करणी सम्बन्धी मुद्धा दर्ता भई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले बताए। 
 

कमेन्ट लोड गर्नुस