सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा १८ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार, २ जना पक्राउ

२०७७ माघ १८, १२:३५ खबर संवाददाता

धनगढी: कैलालीमा १८ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा २ जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा लम्की नगरपालिका–१ भुरुवा बस्ने २१ वर्षीय उमेश अधिकारी र २० वर्षीय रतन बुढाथोकी रहेका छन्। 

किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने जाहेरीका अधारमा दुवैलाई पक्राउ गरिएको र एक जना अझै फरार रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। 

पक्राउ परेका दुवैजनामाथि अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले बताए। 

कमेन्ट लोड गर्नुस