सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्पेनिस ला लिगामा लेभान्टेसँग रियल मड्रिड २–१ गोल अन्तरले पराजित

२०७७ माघ १८, ०८:२५ खबर संवाददाता

स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड पराजित भएको छ ।

गएराति भएको खेलमा लेभान्टेसँग रियल मड्रिड २–१ गोल अन्तरले पराजित भएको हो । खेलको नवौं मिनेटमा इडेर मिलिटाओले रातो कार्ड पाएपछि रियल मड्रिड १० खेलाडीमा सीमित भएको थियो ।

रियलका लागि मार्को एसेन्सियोले खेलको १३ औं मिनेटमा गोल गरे पनि टीमलाई जिताउन सकेनन् । खेलको ३२ औं मिनेटमा लेभान्टेका जोस लुइस मोरालेसले गोल फर्काउँदै खेललाई बराबरीमा ल्याए । खेलको ७८ औं मिनेटमा लेभान्टेका रोजर मार्टीले गरेको गोल नै जितका लागि निर्णायक बन्यो । 

रियल मड्रिडले अहिलेसम्म २० खेल खेलेकोमा १२ खेलमा जित र चारमा बराबरी तथा चार खेलमा हार ब्यहोरेको छ । अंक तालिकामा रियल ४० अंककासाथ दोस्रो स्थानमा छ । दुई खेल कम खेलेको एट्लेटिको मड्रिड ४७ अंकका साथ पहिलो स्थानमा छ ।
 

कमेन्ट लोड गर्नुस