सुदूर नेपाललाई विश्वसँग जोड्दै

लेखराजले मोटरसाईकलमा प्रचण्ड बोकेको १४ वर्ष अघिको तस्बिर भाईरल

२०७७ माघ १७, ०९:४५ खबर संवाददाता

धनगढीः पूर्व माओवादीका अध्यक्ष पुस्पकमल दाहल प्रचण्डलाई १४ वर्ष अघि लेखराज भट्टले मोटरसाइकलमा बोकेको तस्बिर भाईरल भएको छ।

शनिबार धनगढीमा नेकपा प्रचण्ड–नेपाल समूहले आयोजना गरेको बिरोध सभालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री प्रचण्डले लेखराजको नाम नलिएर अर्काे समूहमा गएको भन्दै आक्रोस व्यक्त गरेका थिए। प्रचण्डले मन्त्री भट्टलाई “दलालको पनि दलाल” भएको आरोप लगाएका थिए।  

उनले ओली समूहका मन्त्री भट्टलाई “दलालको पनि दलाल” भएको आरोप लगाएपछि नेता–कार्यक्रताहरुले द्धोन्द्धकालनको सम्झना गर्दै २०६३ सालमा  खिचिएको तस्बिर सामाजिक सञ्जालमा भइरल बनाएका हुन्। तस्बिर  भोजराज  भाटले २०६३ सालमा खिचेको बताएका छन्।

उनले सामाजिक सञ्जाल फेसबेमा लेखेका छन्, “२०६३ को असार पहिलो हप्ता, डोटीको विपीनगर प्रशिक्षणपछि अत्तरियास्थित लेखराज भट्टको घरमा आउँदै गरेको तस्बिर हो यो। अघिल्लो रात अर्कै घरमा प्रचण्डलाई सुरक्षित सेल्टरको व्यवस्था गरेका भट्टले भोलिविहानै सुटुक्कै आफ्नो मोटरसाइकलमा घरमा ल्याउँदै गर्दा मैले क्यामेरामा कैद गर्न सफल भएको थिएँ। अहिले यो फोटो सामाजिक सञ्जालमा जहीतही भाइरल भइरहेको छ, आआफ्नै तवरमा यसको विश्लेषण गरिएको छ । तर वास्तविकता अर्कै छ । मेरो क्रेडिट कही देख्दिनँ, यसमा मेरो घोर आपत्ति छ।”
 

कमेन्ट लोड गर्नुस