द्वन्द्वकालमा घाइते भएकाहरुलाई विवरण बुझाउन दार्चुला प्रशासनको आग्रह
दार्चुला: जिल्ला प्रशासन कार्यालय दार्चुलाले माओवादी सेनाका घाइते अपाङ्ग, सशस्त्र द्धन्द्ध, ऐतिहासिक जनआन्दोलन र मधेश आन्दोलनका घाइते अपाङ्गहरुलाई विवरण पेश गर्न अनुरोध गरेको छ।
कतिपय घाइते अपाङ्गहरुले आफ्नो नाम द्वन्द्वको क्रममा घाइते अपाङ्ग भएका व्यक्ति–परिवारको विवरण कार्यदलमा छुट भएको भनि बारम्बार गुनासो गरेको भन्दै विवरण पेश गर्न प्रशासनले शुक्रबार एक सूचना जारी गर्दै आग्रह गरेको हो।
आन्दोलनका घाइते अपाङ्गहरुको पहिचान गरी उनीहरुबाट आवश्यक कागजातसहित निवेदन संकलन गरि एकमुष्ठ विवरण पठाउन पुस १२ गते बसेको मन्त्रिपरिषदको बैठकले गृह मन्त्रालयलाई अनुरोध गरेको थियो।