सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली उद्योग वाणिज्य संघले स्वर्ण जयन्ती मनाउदै

२०७७ माघ १७, १२:२० खबर संवाददाता

धनगढी : कैलाली उद्योग वाणिज्य संघ धनगढीले आफ्नो ५०औं स्थापना दिवसको अवसरमा स्वर्ण जयन्ती मनाउने भएको छ। विभिन्न कार्यक्रम आयोजना गरि स्वर्ण जयन्ती मनाउन थालेको हो।  

शनिवार आयोजित पत्रकार सम्मेलनमार्फत संघका अध्यक्ष पुष्प कुँवरले स्वर्ण जयन्तीको अवसरमा आइतबार विहान प्रभात फेरी निकाल्ने, संस्थापक अध्यक्ष दिलिप सिंह मल्लदेखि नि–वर्तावन अध्यक्षहरुको शालिक निर्माण गर्ने, आइतबार साँझ धनगढीको पार्कमोडमा दीप प्रज्जलन गर्ने कार्यक्रम रहेको बताए। 
 

कमेन्ट लोड गर्नुस