सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा भीरबाट खसालेर एकको हत्या, १ जना पक्राउ

२०७७ माघ १६, ०८:३८ खबर संवाददाता

बझाङः बझाङमा भीरबाट खसालेर एकको हत्या गरिएको छ।

जिल्लाको छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर ७ मा भीरबाट फालेर ३५ वर्षिय रमेश बोहराको हत्या गरिएको हो।

उनलाई भीरबाट खसाल्ने ३३ वर्षिय लव बोहरालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरुले मादक पदार्थ सेवन गरेका बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक रुपक खडकाले बताए।

रमेश बोहरालाइ भीरानो भीर भन्ने ठाउँबाट खोरी खोलामा धकेलेको प्रहरीले बताएको छ। 
 

कमेन्ट लोड गर्नुस