सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा विभिन्न कार्यक्रम गरि मनाइयो शहिद दिवस

२०७७ माघ १६, ०८:०५ खबर संवाददाता

डडेल्धुरामा पनि विभिन्न कार्यक्रम गरि शहिद दिवस मनाइएको छ । शहिदको सझनामा अमरगढी नगरपालिका डडेल्धुराले कार्यालयमै शहीद भीमदत्त पन्तको तस्बिरमा माल्यार्पण गरि श्रद्धान्जली अर्पण गरेको छ ।

शहीदहरुको सम्मान गर्दै अमरगढी नगरपालिकाले आफु मातहतका सवै कार्यालयहरुमा अनिवार्य रुपमा किसान नेता शहीद भीमदत्त पन्तको तस्बिर राख्ने घोषणा गरेको छ । 

शहीद भीमदत्त पन्त अमरगढीमै जन्मीएका नागरिक हुनाले उनको फोटो अमरगढी नगरपालिका मातहतका सबै कार्यालयहरुमा राख्ने घोषणा गरिएको अमरगढी नगरपालिकाका प्रमुख विश्वेश्वर प्रसाद ओझाले बताए । 

उनका अनुसार आज नगरपालिकाको कार्यालयमा पन्तको तस्बिर राखिएको र नगरपालिका मातहतका वडा कार्यलय, बिद्यालय, स्वास्थ्य चौकी लगायतका सबै कार्यालयहरुमा तस्बिर राखिने बताए । 
 

कमेन्ट लोड गर्नुस