सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा फोर्स गाडी र अटो रिक्सा ठोक्किए

२०७७ माघ १६, ०९:२४ खबर संवाददाता

धनगढीः कैलालीमा फोर्स गाडी र अटो रिक्सा ठोक्किएर दुर्घटना भएको छ।

पूर्वपश्चिम राजमार्ग अन्तरगत जिल्लाको गोदावरी नगरपालिका–६ हरैया चोक नजिकै पूर्वबाट आइरहेको भे १ ख २७९८ नम्बरको फोर्स गाडी र से १ ह २११६ नम्बरको अटो रिक्सा एकआपसमा ठोक्किएर दुर्घटना प्रहरीले जनाएको छ। 

प्रदेश प्रहरी कार्यालय अत्तरियाका अनुसार दुर्घटनामा अटोमा सवार बाजुराको बुढीगंगा नगरपालिका–१० की ३० वर्षीया जुनु साउँद घाइते भएकी छन्। घुडा र टाउकोमा चोट लागेकी साउँदको अत्तरियास्थित पद्यमा अस्पतालमा उपचार भइरहेको छ। 

फोर्स गाडी र अटो रिक्सासहित दुवैका चाललाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। 
 
 

कमेन्ट लोड गर्नुस