सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलाको शैल्यशिखरका ४ सय २५ जनालाई रोजगारी

। फोटो स्रोत ।
२०७७ माघ १६, ०८:०९ खबर संवाददाता

धनगढी : दार्चुलाको शैल्यशिखर नगरपालिकाका ४ सय २५ जनाले रोजगारी पाएका छन् । 

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत नगरपालिकाका ४ सय २५ जनाले रोजगारी पाएका हुन् । रोजगारी पाउनेमा २ सय २८ जना महिला र १ सय ९७ जना पुरुष रहेका छन् । उनीहरुले १ सय दिने रोजगारी पाएका हुन् ।

छनौटमा परेकाहरुलाई एकदिने अभिमुखीकरण तालिम दिई गत पुस २६ गतेदेखि नगरपालिका भित्रका २९ योजना निर्माणमा लगाइएको नगरपालिकाले जनाएको छ । 

नौ वटा वडा रहेको सो नगरपालिकाका वडाहरुले छनौट गरी पठाएका आर्थिक अवस्था कमजोर भएकाहरुलाई रोजगारीमा समावेश गरिएको र उनीहरुले दैनिक ५ सय १७ रुपैयाँका दरले पारिश्रमिक पाउने बताइएको छ ।

नगरपालिकामा यो वर्ष प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि झण्डै २ करोड १९ लाख बजेट विनियोजन गरिएको नगरपालिकाले जनाएको छ । 

तीन वर्षअघि सञ्चालनमा आएको प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत पहिलो वर्ष १ सय ९८ जनाले रोजगारी पाएका थिए भने गत वर्ष दुई सय जनाले रोजगारी पाएका थिए । 
 

कमेन्ट लोड गर्नुस