सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा लम्बाइ र चौडाइ घटाएर ठेक्का लगाइएका सडक ८ महिनादेखि अलपत्र!

२०७७ माघ १६, ०६:३२ खबर संवाददाता

 सरेन जैरु,धनगढीः एसियाली विकास बैँकको ऋण सहयोगमा संघीय सरकारले लागु गरेको क्षेत्रीय सहरी विकास आयोजना अन्तर्गत धनगढीमा निर्माण हुने सडकको ठेक्का सम्झौता भएको ८ महिना बितेको छ। 

२१ दिन भित्रै काम सुरु गरेर दुई वर्ष भित्र निर्माण सम्पन्न गर्नेगरी संघीय सरकारको सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाइ धनगढी र कालिका कन्ट्रक्शन बीच गत असारमा ठेक्का सम्झौता भएको थियो। 

तर काम अझै अघि बढ्न सकेको छैन। आयोजना अन्तरगत छनोट भएका सडकको लम्बाइ र चौडाइ घटाएर ठेक्का लगाएको ८ महिना बित्दा समेत ती सडक पूरानै अवस्थामा रहेका छन। 

स्वीकृत स्टमेट समेत संशोधन गरेर कुल ४२ किलोमिटरका २३ सडकको लम्बाइ र चौडाइ घटाउँदै ७ वटा सडकको झण्डै साढे १० किलोमिटर निर्माण गर्नेगरि भएको ठेक्का सम्झौता अनुसार कुनै पनि सडकमा कामले गति नलिएको पाइएको छ। 

शहीद गेटदेखि क्याम्पस गेटसम्मको सडकमा भने नाली निर्माणको काम भइरहेपनि गति नदिदा झनै सास्ती खेप्नुपरेको गुनासो नगरबासीले गरेका छन्। धनगढीका स्थानीय, प्रविन कुश्मीले करिब डेढ महिनादेखि नाली निर्माण भइरहेपनि कामलाई गती नदिदा आवतजावतमा सास्ती व्यहोर्नु परेको बताए। 

२१ दिनभित्र काम थाल्नुपर्ने निर्माण व्यवसायीले अहिलेसम्म शहीदगेट क्याम्पस गेट बाहेकका कुनै पनि सडकमा काम थालिएको छैन।  

ढिलासुस्ती गर्ने निर्माण व्यवसायीलाई ताकेता गर्नुपर्ने निकाय भने मुकदर्शक बनेको आरोप लागेको छ। तर संघीय आयोजना कार्यान्वयन इकाइ धनगढीका सूचना अधिकारी श्यामचन्द्र बुढाथोकी भने एकैपटक सबै ठाउँमा काम सुरु गर्दा ट्राफिक व्यवस्थापन पनि समस्या हुने बताउँछन्। 

शहीदगेट क्याम्पस गेट सडकको निर्माण सम्पन्न भएपछि ट्राफिक व्यवस्थापनमा सहज हुने भएकाले त्यसपछि मुख्य सडकसहितका सडकको काम गरिने दाबी उनी गर्छन। 

कालिका कन्सट्रक्सनले भने निर्माणको कामलाई गति दिन नसक्नुको प्रमुख कारण निर्माण सामाग्रीको अभाव बताउने गरेको छ। 

स्थानीय तहले निर्माण सामाग्री उत्खननको ठेक्का लगाउन गरिरहेको ढिलाईले काममा समेत प्रभाव परिरहेको कालिका कन्सट्रक्सनका प्रतिनिधि, प्रकाश खरेलले बताए। उनले सोझै नदी तथा खोलाबाट नदीजन्य वस्तु उत्खनन् गरेर ल्याउने अनुमती नपाउँदा समस्या भएको दाबी गरे। 

ठुला इक्युमेन्ट प्रयोग गरेर एकैपटक धेरै निर्माण सामाग्री ल्यानसक्ने अनुमती धनगढी उपमहानगरपालिका र सहरी विकास आयोजनासँग मागिएको बताउँदै त्यसपछि भने कामले गति लिने उनी बताउँछन्। 

२ वर्ष अवधी तोकिएका यी सडक निर्माणमा सुरुदेखि नै ढिलासुस्ती हुन थालेपछि निर्धारित समयमै काम नसकिदा सास्ती खेप्नुपर्ने हो की भन्ने चिन्ता नगरबासीमा पर्न थालेको छ। 

कमेन्ट लोड गर्नुस