सेती प्रादेशिक अस्पतालमा पनि मनाईयो राष्ट्रिय नर्सिङ दिवस
धनगढीः सेती प्रादेशिक अस्पतालमा पनि राष्ट्रिय नर्सिङ दिवस मनाइएको छ।
गुणस्तरीय नर्सिङ सेवा हाम्रो सान, सेवा र श्रमको सम्मान गरौँ भन्ने मूल नाराका साथ ५९ औँ राष्ट्रिय नर्सिङ दिवस मनाइएको हो।
नेपाल नर्सिङ संघ कैलाली शाखाको आयोजनामा गरिएको कार्यक्रममा नर्सिङ काउन्सिल संस्थापक फ्लोरेन्स नाइटिङ्गेलको तस्बिरमा माल्यार्पण समेत गरिएको छ।
अस्पतालमा कार्यरत नर्सहरुले नाइटिङ्गेलको तस्बिरमा फूलमाला र अबिरसहित माल्यार्पण गरेका हुन्।
नर्सहरुको पेशागत हकहित र सुरक्षाका लागि भन्दै वि.सं २०१८ माघ १५ गते आजकै दिन नेपाल नर्सिङ संघको स्थापना भएको थियो।
नर्सिङ संघको स्थापनाको दिन पारेर हरेक वर्ष माघ १५ गते नेपाल नर्सिङ दिवस मनाउँदै आइएको छ।
नेपालमा नर्सिङ्ग पेशा व्यावसायिक बन्न सकिरहेको छैन भने नर्सहरुले न्युन तलबमा काम गर्नुपर्ने बाध्यता रहेको छ।