राजसंस्था र हिन्दु अधिराज्यको माग राख्दै धनगढीमा प्रदर्शन
२०७७ माघ १५, ०१:३७
धनगढीः राजसंस्था र हिन्दु अधिराज्यको माग गर्दै कैलालीको धनगढीमा विहिबार प्रदर्शन भएको छ।
धर्म साझा, देश साझा र राजा साझा भन्ने अह्वानका साथ सुन्दर सुदूरपश्चिमाञ्चलवासी जनताले धनगढीमा प्रदर्शन गरेको हो।
धनगढीको बुद्धचोकबाट सुरु भएको प्रदर्शनको क्रममा कार, मोटरसाइकल र पैदल ¥याली निकालिएको आयोजक संगठनका ललित जोशीले जानकारी दिए।
कमेन्ट लोड गर्नुस