सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा कोभिड विरुद्धको खोप अभियान आजदेखि

२०७७ माघ १५, ०७:४० खबर संवाददाता

धनगढीः बाजुरामा बिहीबारदेखि मात्र कोरोना भाइरस विरुद्धको खोप अभियान सुरु हुने भएको छ।

कैलालीसहितका जिल्लामा बुधबारदेखि खोप अभियान सुरु भएका बेला बाजुरामा भने एक दिन ढिलोगरि खोप कार्यक्रम शुभारम्भ भइरहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ। 

मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले खोप अभियानको घोषणा बुधबार नै भएपनि बिहीबारदेखि मात्र स्वास्थ्यकर्मीलाई लगाउन लागेको जानकारी दिए। उनका अनुसार बुधबार पहिलो दिन सुदूरपश्चिममा १ हजार बढीले कोरोना विरुद्धको ‘कोभिशिल्ड’ खोप लगाएका छन्।

प्रदेशका ९ वटा खोप केन्द्रमार्फत १ हजार ८२ जना स्वास्थ्यकर्मीले खोप लगाएका हुन्।  

सबैभन्दा धेरै अछाममा २ सय ३७ जना स्वास्थ्यकर्मीले खोप लगाएको मन्त्रालयका प्रवक्ता कार्कीले बताए।

यस्तै सेती प्रादेशिक अस्पतालमा १ सय ७० जना, टीकापुर अस्पतालमा ८७ जना, डोटीमा १ सय ५६ जना, कञ्चनपुरको महाकाली अस्पतालमा १ सय २४ जना, डडेल्धुरामा १ सय २२ जना, बैतडीमा ७, बझाङमा ५९ र दार्चुलामा ५० जना स्वास्थ्यकर्मीले खोप लगाएको उनले बताए।
 

कमेन्ट लोड गर्नुस