दार्चुलामा स्वास्थ्य कार्यालयका प्रमुख भट्टले लगाए कोरोनाविरुद्धको पहिलो खोप
दार्चुला: दार्चुलामा पनि कोरोना विरुद्धको खोप अभियान सुरु भएको छ। पहिलो खोप स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जयराज भट्टले लगाएका छन्।
दार्चुलामा पहिलो चरणमा माघ १४ गतेबाट १८ गतेसम्म कोरोनाविरुद्धको खोप लगाइने बताइएको छ। अभियानका लागि दार्चुलामा १ हजार तीन सय ९० डोज खोप ल्याइएको स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख भट्टले बताए।
पहिलो चरणमा जिल्लाभरिका स्वास्थ्यकर्मी, सरसफाईकर्मी तथा कोरोनाबाट मृत्यु भएका व्यक्तिको शब व्यवस्थापनमा खटिएका सुरक्षाकर्मीहरुलाई खोप लगाइदैछ।