सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा जारी फुटबल प्रतियोगितामा दोस्रो दिन रोयल गोर्खा र पिएफए विजयी

२०७७ माघ १४, ०६:०८ खबर संवाददाता

कञ्चनपुर : कञ्चनपुरको महेन्द्रनगरस्थित खुलामञ्चमा जारी प्रथम युनाइटेड खुल्ला आमन्त्रण फुटबल प्रतियोगितामा रोयल गोर्खा महेन्द्रनगर र पिएफए अत्तरियाले विजय सुरुवात गरेको छ ।

मंगलबार दोस्रो दिन रोयल गोर्खा महेन्द्रनगर र दोधारा चाँदनीबीच भएको पहिलो खेलमा रोयल गोर्खाले ९-३ गोलको अन्तरले दोधारालाई हराएको हो । दोस्रो खेलमा महेन्द्रनगर युनाइटेड रेडलाई ३-० गोलको अन्तरले हराउदै पिएफए अत्तरियाले विजय सुरु गरेको छ ।

प्रतियोगिताको तेस्रो दिनको पहिलो खेल महेन्द्रनगर युनाइटेड बिलिउ र इटाहा चारपाते युवा क्लबबीच दिउँसो १२ बजे हुने छ भने दोस्रो खेल दिउँसो १ः३० बजे मसुरिया फुटबल एकेडेमी कैलाली र एपिएफ अत्तरियाबीच हुने प्रतियोगिता संयोजक महेन्द्र चन्दले बताए ।

कमेन्ट लोड गर्नुस