सुदूर नेपाललाई विश्वसँग जोड्दै

अदालतको अवहेलनासम्बन्धी चार मुद्दा दर्ता

२०७७ माघ १३, ०८:२० रासस

काठमाडौँ : सर्वोच्च अदालतमा अदालतको अवहेलनासम्बन्धी चारवटा मुद्दा दायर गरिएको छ।  वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता गरेका छन्।

त्यस्तैगरी, अधिवक्ता  राजाराम घिमिरेले पूर्वसभामुख दमनाथ ढुङ्गानाविरुद्ध र अधिवक्ता लोचन भट्टराईले पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ, सुशीला कार्की, अनुपराज शर्मा र मीनबहादुर रायामाझीविरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दा दायर गरेका हुन्।

प्रतिनिधिसभा विघटनको अदालतको विचाराधीन विषयलाई लिएर स्वतन्त्र न्यायपालिकाको कार्यसम्पादनमा अवरोध पु¥याएको उल्लेख गर्दै उक्त मुद्दा दायर गरिएको छ। अदालतको अवहेलनामा दोसी ठहर भएमा एक वर्ष कैद सजाय वा रु १० हजार जरिवाना वा दुवै सजाय हुने कानूनी व्यवस्था छ।
 

कमेन्ट लोड गर्नुस