कैलालीकी किशोरीलाई अपहरण गरी ४ वर्षसम्म बलात्कार गर्ने युवक पक्राउ
धनगढी: एक किशोरीलाई अपहरण गरी ४ वर्षसम्म बन्धक बनाएर बलात्कार गर्ने कैलालीका युवक पक्राउ परेका छन्।
जिल्लाको भजनी नगरपालिका–४ बाट १३ वर्षीया एक किशोरीलाई २०७३ जेठ ३० गते अपहरण गरी ४ वर्षसम्म बन्धक बनाएर जबरजस्ती करणी गर्ने घोडाघोडी नगरपालिका–२ साँडेपानीका २४ वर्षीय छित्ता भन्ने अर्जुन बिक(कामी) पक्राउ परेका हुन।
४ वर्षअघि किशोरीलाई काठमाडौं महानगरपालीका–१० देविनगरस्थित डेरामा लगेर जबरजस्ती करणी गरिरहेको भन्दै जाहेरी आएपश्चात विकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
जाहेरीपछि खोजी गर्दा ईलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरी टोलीले काठमाण्डौस्थित तिनकुनेबाट आरोपित विकलाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले बताए।
पक्राउ परेका उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।