सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा युवकको हत्यामा संलग्न भएको आरोपमा ४ जना पक्राउ

२०७७ माघ १३, ०१:२१ खबर संवाददाता

धनगढी: धनगढीमा एक युवकको हत्यामा संलग्न भएको आरोपमा ४ जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा धनगढी उप–महानगरपालिका–६ जालीका ३५ वर्षीय सियाराम चौधरी, ३३ वर्षीय टेकुवा भन्ने टिकाराम चौधरी, ३१ वर्षीय सुनिल भन्ने कालुराम कुमाल र ३३ वर्षीय तारा भन्ने तारा प्रसाद चौधरी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। 

उनीहरुमाथि जालीकै २५ वर्षीय दुःखराम चौधरीको हत्या गरेको आरोप लागेको छ। दुःखराम २०६२ साल साउन ११ गते राति बेपता भएका थिए। १२ गते विहान धानको खेतबारीमा उनी मृत फेला परेका थिए। 

उनको हत्या भएको भन्दै पक्राउ परेका ४ जनाविरुद्ध कर्तव्य ज्यान शिर्षकमा मुद्दा दर्ता भएको थियो।

त्यही दिनबाट फरार रहेका उनीहरुलाई १५ वर्षपछि पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले बताए। 


 

कमेन्ट लोड गर्नुस