कञ्चनपुरमा प्रथम युनाइटेड खुल्ला फुटबल प्रतियोगिता सुरु
धनगढी : कञ्चनपुरमा प्रथम युनाइटेड खुल्ला फुटबल प्रतियोगिता सुरु भएको छ ।
जिल्ला फुटबल संघ र सुदूरपश्चिम प्रदेश फुटबल संघको समन्वय तथा महेन्द्रनगर युनाइटेड क्लबको आयोजनामा फुटबल प्रतियोगिता सुरु भएको हो ।
कोभिड १९ ले थला परेको खेलकुद क्षेत्रलाई पुनर्जागरण गर्न र फुटबल क्षेत्रको विकास गर्ने उद्देश्यले सोमबारदेखि महेन्द्रनगरको खुल्लामञ्चमा प्रथम युनाइटेड खुल्ला आमन्त्रण फुटबल प्रतियोगिता २०७७ सञ्चालन गरिएको प्रतियोगिताका संयोजक महेन्द्र चन्दले बताए ।
प्रतियोगितामा सुदूरपश्चिमका १६ टिमको सहभागिता रहेको छ । नकआउट आधारमा खेलाइन लागिएको प्रतियोगितामा विजेता टिमले नगद १ लाख पुरस्कार र उपविजेता टिमले ५० हजार पुरस्कार पाउने बताइएको छ ।