सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा जीप दुर्घटना

२०७७ माघ १२, ०२:२६ खबर संवाददाता

बाजुरा: बाजुरामा जीप दुर्घटना भएको छ। जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन्।

सोमबार बिहान खप्तड छेडेदह गाउँपालिका–२ मयागडामा जीप दुर्घटना हुँदा ६ जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ। 

गाडी सडकमै पल्टेकाले धेरै क्षति नभएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

दुर्घटना सम्बन्धी विस्तृत विवरण आउँ बाँकी रहेको प्रहरीले जनाएको छ। 

कमेन्ट लोड गर्नुस