कैलालीमा ब्राउन सुगरसहित एक जना पक्राउ
धनगढी : कैलालीमा ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन् ।
सोमबार अत्तरियामा रहेको सार्थक प्यालेस होटलबाट २४.५४ ग्राम ब्राउन सुगरसहित बैतडीका २८ वर्षीय पुरन कोटारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ ।
लागु औषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको टोलीले कोटारीलाई पक्राउ गरेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले बताए ।
उनका अनुसार कोटारीबाट लागुऔषधका साथै नगद ७० हजार १७ रुपैयाँ र दुई थान मोबाइल पनि बरामद गरिएको छ ।
उनलाई लागुऔषध शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता विष्टले बताएका छन् ।