सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रधानमन्त्री कप क्रिकेट : वाग्मती सेमिफाइनलमा

२०७७ माघ ११, ०८:३१

चौँथो संस्करणको प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेटमा वाग्मती प्रदेश सेमिफाइनलमा प्रवेश गरेको छ। 

वाग्मतीले लुम्बिनी प्रदेशसँग बराबरी खेल्दै प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको हो। खेल बराबरी भएपछि दुवैले एक एक अङ्क बाँडेका थिए। वाग्मतीको सात तथा लुम्बिनीको पाँच अङ्क भएपछि वाग्मती सेमिफाइनलमा प्रवेश गरेको हो।

मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको वाग्मतीले निर्धारित ५० ओभरको खेलमा नौ विकेट गुमाउँदै २२० रन बनायो। २२१ रनको लक्ष्य पछ्याएको लुम्बिनीले ४८ ओभरमा सबै विकेट गुमाएर २२० रन नै बनायो। वाग्मतीका लागि आदिल खानले अर्धशतकीय पारि खेल्नुभयो । उहाँले ८७ बलमा तीन छक्का र पाँच चौकाको मद्दतमा ५५ रन बनाए। यसैगरी आकाश थापाले ३९, पृथु बाँस्कोटा २९, कप्तान ज्ञानेन्द्र मल्लले १४, इशान पाण्डेले ५१ त्था नन्दन यादवले अविजित ११ रनको योगदान दिए।

बलिङतर्फ लुम्बिनीका दीपेन्द्र रावतले तीन, कृष्ण कार्की र सन्दीप सुनारले दुई दुई तथा विक्रम भुषाल र अनिल खरेलले एक एक विकेट लिए। जवाफी ब्याटिङ गर्ने क्रममा लुम्बिनीका लागि प्रकाश केसीले ४१, सौरभ खनालले ३४, सन्दीप सुनारले २५, देव खनालले २६ तथा कप्तान कृष्ण कार्कीले ४१ रन बनाए। बलिङतर्फ वाग्मतीका विपीन आचार्यले चार तथा गौतम केसीले दुई विकेट लिए।
 

कमेन्ट लोड गर्नुस