हेल्प फर हेप्पीनेसकी प्रदेश कमिटि सदस्य भण्डारीको जन्मदिनमा सहयोग
धनगढीः सामाजिक कार्यमा सक्रिय युवाहरुको संस्था हेल्प फर हेप्पीनेस टिम सुदूरपश्चिम प्रदेश अन्तर्गत आपतकालीन असहाय सहयोग कोषकी सह संयोजक तथा प्रदेश कमिटी सदस्य अभिलाषा भण्डारीको जन्मदिनको अवसरमा सहयोग गरिएको छ।
सडक मानवलाई साहारा दिदै आएको धनगढीको मानव सेवा आश्रममा हृदयको आँखा कार्यक्रम आयोजना गरी जन्म दिन मनाउदै भण्डारीले सहयोग गरेकी हुन्।
मानव सेवा आश्रममै पुगेर भण्डारीले दाल, चामल, पिठो लगायतका खाद्यान्न तथा नुन, तेल, साबुन, चिउरा,भुजा,बिस्कुट, सर्फ, मसला,चिनी, चियापत्ती,कोल्गेट, हार्पिक,फिनाइल लगायतका समाग्रीहरु असहायको सहयोगार्थ हस्तान्तरण गरिन्।
समाग्री हस्तान्तरण गर्दै भण्डारीले असहायसँग जन्मोत्सव मनाउन पाउँदा खुसी व्यक्त गरिन् र सहयोगका कार्यक्रमलाई आगामी दिनहरुमा पनि निरन्तरता दिइरहने बताइन।
त्यस्तै कार्यक्रममा बोल्दै संस्थाका सुदूरपश्चिम प्रदेश संयोजक घनश्याम भण्डारीले आश्रमले गर्दै आएका कामहरुको खुलेर प्रसंशा गरे साथै सडकमा मानव मुक्त समाजको अभियानमा पनि निरन्तर साथ र सहयोग गर्ने प्रतिबद्धता पनि जनाए ।
कार्यक्रममा मानव सेवा आश्रमका तर्फबाट बोल्दै आश्रमका सुदूरपश्चिम संयोजक आदर्श ढकालले हेप्पीनेस टिमले निरन्तर साथ र सहयोग गरिरहेको प्रति धन्यावाद दिँदै अगामी दिनमा पनि सहयोगको अपेक्षा गरे।
कार्यक्रममा हेल्प फर हेप्पिनेस टिम सुदुरपश्चिम प्रदेशका संयोजक घनश्याम भण्डारी जन्म दिन परिकी भण्डारीका बुवा अर्जुन भण्डारी हेल्प फर हेप्पिनेस टिम सुदुरपश्चिम प्रदेश अन्तर्गत आपतकालीन असहाय सहयोग कोष,मोटिभेस्नल टिम र इमर्जेन्सी भेटेरिनरी टिमका सदस्य लगायतको उपस्थिती रहेको थियो।
ह्याप्पीनेसले संस्थामा आवद्ध सदस्यहरुको जन्म दिनमा ह्रदय को आँखा कार्यक्रम मार्फत असहाय,अति बिपन्न परिवार र ब्याक्तिहरु लाई सहयोग गर्दै आइरहेको छ।