सुदूर नेपाललाई विश्वसँग जोड्दै

एकजनाको रहस्यमय तरिकाले मृत्यू

। फोटो स्रोत ।
२०७५ भदौ २२, १२:४६

बैतडीमा एकजनाको रहस्यमय तरिकाले मृत्यूभएको छ । मृत्यू हुनेमा पाटन नगरपालिका ६ लामाखेतका ४० बर्षिय बलदेब अवस्थी रहेकाछन् । मृतक अवस्थी गयराति साढेआठ बजे भिटामोड भन्ने ठाउँमा घाइते अवस्थामा भेटिएपछि उनलाई उपचारका लागी प्रहरीले पाटन प्राथमिक स्वास्थ्यकेन्द्रमा लगेको थियो । 
मृतक अवस्थीको अण्डकोष निकालिएको अवस्थामा रहेकाले घटना रहस्यमय हुनसक्ने स्थानिय घनस्याम पन्तले बताए । मृतकको सब प्राथमिक स्वास्थ्यकेन्द्र पाटनमा राखिएको छ भने प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ । मृतक अवस्थी तत्कालिन नेकपा एमालेका जिल्ला कमिटि सदस्य थिए । 
 

कमेन्ट लोड गर्नुस