सुदूर नेपाललाई विश्वसँग जोड्दै

नायक चलचित्रको झल्को, एक दिनको लागि मुख्यमन्त्री बनिन् सृष्टी

२०७७ माघ ११, १०:०२ खबर संवाददाता

धनगढीः हिन्दी चलचित्र नायकमा अनिल कपुर एक दिनको लागि मुख्यमन्त्री बनेको हामिले देखेका थियौं। तर भारतको उत्तराखण्ड राज्यमा १९ वर्षीया किशोरी वास्तविक जीवनमा आज एक दिनको लागि मुख्यमन्त्री बन्दैछिन्।

भारतको हरिद्वार जिल्लाको दौलतपुर गाउँकी बालका सृष्टी गोस्वामी आज एक दिनका लागि उत्तराखण्ड राज्यको मुख्यमन्त्री बन्दै छन्। आज राष्ट्रिय बालिका दिवसको अवसरमा सृष्टीलाई उत्तराखण्डको एक दिनको मुख्यमन्त्री बनाउन लागिएको उत्तराखण्ड बाल अधिकार संरक्षण आयोगकी अध्यक्ष उषा नेगीले जानकारी दिएकी छन्।

उनी उत्तराखण्डको पहिलो महिला मुख्यमन्त्री हुनेछिन्। उनी बाल विधानसभामा मुख्यमन्त्रीको रुपमा सहभागी हुनेछिन् र सरकारका अलग–अलग विभागले आयोजना गर्ने कार्यक्रममा पनि सहभागी हुनेछिन्।

सो अवसरमा विभागका अधिकारीहरुले आफ्नो कामबारे ब्रिफिङ गर्नेछन् भने त्यसमा एक दिनको मुख्यमन्त्री सृष्टीले सुझाव दिनेछिन्।

उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावत पनि यो कार्यक्रममा सहभागी हुनेछन्। उत्तराखण्ड विधानसभा भवनको एक सभाहलमा हुने यो कार्यक्रम भारतीय समयअनुसार दिउँसो १२ बजेदेखि ३ बजेसम्म चल्ने छ।

उनलाई एक दिनको मुख्यमन्त्री बनाउनुको उद्देश्य बालिकाहरूको सशक्तीकरणका लागि जागरुकता फैलाउनु रहको उत्तराखण्ड बाल अधिकार संरक्षण आयोगकी अध्यक्ष उषा नेगीले बताइन्।

उत्तराखण्डको एक दिनको मुख्यमन्त्री बन्ने भएपछि सृष्टि गोस्वामी अहिले सामाजिक सन्जालमा भाइरल भएकी छन्।

सामाजिक सन्जालमा एक बयान जारी गर्दै सृष्टीले एक दिनको मुख्यमन्त्री बन्ने अवसर पाउँदा खुसी व्यक्त गरेकि छन्। बालिका सुरक्षासँग सम्बन्धित सुझावहरु उत्तराखण्ड सरकारलाई दिने उनले बताइन्।

 

कमेन्ट लोड गर्नुस