सुदूर नेपाललाई विश्वसँग जोड्दै

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

२०७७ माघ १०, १०:५३ रासस

राजविराजः बोदेवरसाइन–विष्णुपुर सडकखण्डअन्तर्गत सप्तरीको बोदेवरसाइन नगरपालिका–२ स्थित जोगीयामा आज मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

 विष्णुपुरबाट बोदेवरसाइनतर्फ जाँदै गरेको तीन जना सवार प्रदेश नं २–०१–००१ प ६४०३ नंको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो। सो दुर्घटनामा परी मोटरसाइकलको बीचमा सवार  खडक नगरपालिका–८ का १८ वर्षीय सुदीप चौधरीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक भुवनेश्वरप्रसाद साहले बताए। दुर्घटनापछि गम्भीर घाइते भएका चौधरीको रुपनी गाउँपालिका रायपुरस्थित युनिक अस्पतालमा उपचारको क्रममा आज मृत्यु भएको प्रहरीले जनाएको छ।

त्यस्तै सोही दुर्घटनामा परी  मोटरसाइकल चालक सप्तरीको खडक नगरपालिका–८ का  २७ वर्षीय  सनी चौधरी र मोटरसाइलको  पछाडि सवार १८ वर्षीय दिवेश चौधरीको टाउको र शरीरका विभिन्न भागमा चोट लागेर घाइते भएका छन् । घाइते दुवैका उपचार युनिक अस्पतालमा भइरहेको छ। उक्त  मोटरसाइकल इलाका प्रहरी कार्यालय बोदेवरसाइनले नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस