सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा निःशुल्क दाँतको चेकजाँच

२०७७ माघ १०, ०७:४७ खबर संवाददाता

धनगढी: धनगढीमा निःशुल्क दाँतको चेकजाँच भइरहेको छ।

लाइन्स क्लब अफ धनगढी र लाइन्स क्लब आफ धनगढी स्टारले उपमहानगरपालिकाको पार्क मोडस्थित श्रीनगर डेन्टल क्लीनिकमा दाँतको चेकजाँच गरिरहेको हो। 

पुस १ गतेदेखि सुरु भइ १५ दिनसम्म चल्ने उक्त क्याम्पीङबाट हालसम्म १ सय भन्दा बढीले सेवा लिएको लाइन्स क्लब आफ धनगढी स्टारका अध्यक्ष प्रेम शर्माले बताए। 

श्रीनगर डेन्टल क्लीनिकको सहयोगमा उक्त अभियान पुस १५ गतेसम्म निरन्तर चल्ने बताइएको छ। 

कमेन्ट लोड गर्नुस