सुदूर नेपाललाई विश्वसँग जोड्दै

अख्तियारमा अछामका स्थानीय तहका २७ उजुरी

२०७७ माघ १०, ०३:३१ खबर संवाददाता

अछामः अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा अछामका स्थानीय तहका २७ वटा उजुरी परेका छन्। 

सबैभन्दा बढी ढकारी गाउँपालिका र कमलबजार नगरपालिकाको ६/६ र सबै भन्दा कम चौरपाटी गाउँपालिकाको १ उजुरी परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरले जनाएको छ। 

त्यसैगरी मंगलसेन नगरपालिकाको ४, बान्नीगढी जयगढ गाउँपालिकाको ३, पंचदेवल बिनायक नगरपालिकाको २, रामारोशन गाउँपालिकाको र साँफेबगर नगरपालिकाको २ उजुरी परेको सूचना अधिकारी हरिचन्द्र जोशीले बताए। 

उपभोक्ता समितिमा आफ्नो मान्छे राख्ने, पुर्वाधारमा गुणस्तर काम नगरेको, किर्ते हस्ताक्षर गरे रकमको दुरुपयोग र अधिकारको दुरुयोग गरेका जस्ता प्रकृतिका उजुरी आउने गरेको उनले बताए।

संघीयतापछि स्थानीय तहबाट भएका कामका बिषयमा अख्तियारमा उजुरीका गर्ने क्रम बढ्न थालेको छ।
 

कमेन्ट लोड गर्नुस