सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली कञ्चनपुरमा सिकलसेलका बिरामी बढे, प्रदेश सरकारको नीति तथा कार्यक्रम कागजमै सीमित

२०७७ माघ १०, १२:१८ विन्दु चन्द

धनगढीः पछिल्लो समय कैलाली कञ्चनपुरमा सिकलसेल एनिमियाका बिरामीहरुको संख्यामा बृद्धि भएको छ। तर विरामीहरुको संख्याको अनुपातमा भरपर्दो उपचारको व्यवस्था नहुँदा समस्या भएको बताइएको छ।

कैलाली र कञ्चनपुरलगायतका ठाउँका विरामीको उपाचार सेती प्रादेशिक अस्पताल धनगढीमा मात्रै हुँदैआएको छ। अन्य स्थानमा उपचारको व्यवस्था नहुँदा विरामीलाई समस्या हुने गरेको हो।

सरकारले सिकलसेलका बिरामीको उपचारका लागि विपन्न नागरिक कोषबाट १ लाख रुपैयाँ सहयोग गर्दै आएको छ। तर सहयोग बाफतको सो रकम सकिँदा थप उपचारमा समस्या हुने गरेको बताइएको छ। 

सिकलसेल नेपाल कैलालीका अध्यक्ष तथा सिकलसेलका बिरामी समेत रहेका सुरेश कठरियाले सिकलसेलको उपचार र औषधी जहाँतही नपाउँने र विरामीले निरन्तर औषधी सेवन गर्नुपर्ने भएकोले उपचार खर्च न्यून भएको बताए।

सरकारले जनस्वास्थ्य समस्याको रुपमा लिएर विरामीको उपचार अजीवन निःशुुल्क गर्नुपर्ने आफुहरुको माग रहेको कठरियाले जनाए।

प्रदेश सरकारले उपचारको लागि रकम उपलब्ध गराउने आफ्नो नीति तथा कार्यक्रममा समावेश गरेपनि कार्यान्वयन नगरेको पनि उनको दुखेसो थियो।

के हो सिकलसेल ?
सिकलसेल एक पुस्ताबाट अर्को पुस्तामा सर्दै जाने वशाणुगत रोग हो। यो रोग तराईमा बसोबास रहेको अधिकांश थारु समुदायमा देखिएको छ। तर गैरथारु समुदायमा समेत यो रोग देखिएको छ।

चालु आर्थिक वर्षका साउनदेखि पुष मसान्तसम्ममा १६ जना नयाँ सिकलसेलका बिरामी सेती प्रादेशिक अस्पतालमा थपिएको सेती प्रादेशिक अस्पतालले जनाएको छ।

अस्पतालका  सिनियर अहेब तथा सामाजिक सेवा इकाइका स्रोत व्यक्ति गौरी जोशीले सेती प्रादेशिक अस्पतालमा २०७० सालदेखि सिकलसेल बिरामीको उपचार हुँदै आएको छ। हालसम्म कैलालीका ४८२, कञ्चनपुरका १८३ जना गरि जम्मा ६६५ जना विरामीले उपचार गराइरहेका छन्।

उनका अनुसार सिकलसेलका बिरामीहरुमा रातो रक्तकोष हँसिया आकारमा हुन गई धेरै कडा एवम् एक आपसमा टाँसिने हुन्छ। त्यस्ता बिरामीको रगतमा अक्सिजनको कमी भई भित्री अंगमा नोक्सानी हुनुका साथै मस्तिष्क स्ट्रोक हुन सक्छ। समय–समयमा रगतको कमी, हाड जोर्नीको दुखाइने समस्या देखिन्छ।
 

विन्दु चन्द दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस