सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष र प्रधानाध्यापकसंग अन्तरक्रिया

२०७७ माघ ८, ०८:०४ खबर संवाददाता

धनगढी : अछाममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकसंग अन्तरक्रिया गरिएको छ । 

साँफेबगर नगरपालिकाको वडा नम्बर ११ का अध्यक्ष गणेश बहादुर खड्काले सो वडाको देविस्थानका ७ वटा विद्यालयका व्यवस्थापन समिति अध्यक्ष र प्रधानाध्यापकसंग अन्तरक्रिया गरेका हुन् ।

उनले वडा र नगरपालिका लगायतका निकायसंग शिक्षाको विकासका निम्ति आवश्यक बजेट पहल गर्न आफू प्रतिवद्ध रहेको बताएका छन् । 

वडाका सम्पूर्ण विद्यालयको अनुगमन गरेर शैक्षिक गतिविधिलाई अँझै गुणस्तरीय बनाउनुपर्ने भन्दै अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको बताइएको छ ।

कमेन्ट लोड गर्नुस