सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलाको महाकाली लोकमार्ग अवरुद्ध

२०७७ माघ ७, ०१:१७ खबर संवाददाता

धनगढी : दार्चुलाको महाकाली लोकमार्ग अवरुद्ध गरिएको छ । जिल्लाको शैल्यशिखर नगरपालिका -५ बगौरामा विद्युतीकरणमा ढिलाइ गरिएको भन्दै स्थानीयद्वारा सडक अवरुद्ध गरिएको हो । 

शैल्यशिखर नगरपालिका -१ बलाचमा ३० मेगावाट चमेलिया जलविद्युत र वडा नम्बर ३ देथलामा नौगाड र अपर नौगाढ गरी १७ किलोवाट क्षमताको विद्युत उत्पादन भएर सुदूरपश्चिम उज्यालो हुँदा समेत आफुहरूले विद्युत नपाएको हुँदा सडक बन्द गर्न वाध्य भएको स्थानीयले बताएका छन् । 

नेपाल विद्युत प्राधिकरण दार्चुला वितरण केन्द्र र ठेकेदारलाई पटक पटक ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएकोे उनीहरुको गुनासो छ । शैल्यशिखरबाट नै विद्युत उत्पादन भएको भएपनि त्यहाँका १, २,  ३,  ५, ६ र ७ नम्बर वडाका अधिकांश वस्ती अन्धकारमा रहेको बताइएको छ । 

कमेन्ट लोड गर्नुस