सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा पुरुष मृत अवस्थामा फेला

२०७७ माघ ६, ०२:२१ खबर संवाददाता

दार्चुला: दार्चुलामा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। जिल्लाको नौगाड गाउँपालिका–२ चौरीगाउँका ४७ वर्षीय मानसिह ठगुन्ना मृत फेला परेका हुन। 

आइतबारदेखि बेपत्ता भएका ठगुन्ना धरिधार भन्ने स्थानमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी भाष्कर चन्दले बताए। 

उनको भीरबाट खसेर मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ। 

घटना सम्बन्धी थप अनुसनधान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। 

कमेन्ट लोड गर्नुस