सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछामको कमलबजार पीसीआर प्रयोगशालालाई ५ लाख सहयोग

२०७७ माघ ४, ०४:५२ खबर संवाददाता

अछाम: अछामको मंगलसेन नगरपालिकाले कमलबजार पीसीआर प्रयोगशालालाई आर्थिक सहयोग गरेको छ। प्रयोगशाला व्यवस्थापनका लागि नगरपालिकाले ५ लाख सहयोग गरेको हो। 

मंगलसेन नगरपालिकाका नगरप्रमुख पदमबहादुर बोहराले कमलबजार नगरपालिकाका लेखापाल शरद प्रसाद ढुङ्गानालाई ५ लाखको चेक हस्तान्तरण गरेका छन्। 

चेक हस्तान्तरण गर्दै नगरप्रमुख बोहराले नगरपालिकाले पीसिआर प्रयोगशालाका लागि सहयोग गर्ने प्रतिबद्धता अनुसार नै आर्थिक सहयोग गरिएको बताए। 

यसअघि जिल्लाको ढकारी गाउँपालिका र तुर्माखाद गाउँपालिकाले पनि १०÷१० लाख सहयोग गरेको थियो। 


 

कमेन्ट लोड गर्नुस